संघीय सरकारका शहरी विकास मन्त्री रामकुमारी झाँक्री, कर्णाली सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदमबहादुर रोकाया र उहाँका प्रमुख स्वकिय सचिव अमर रोकाया ।
बिच भएको छलफलले कर्णालीमा एकिकृत मन्त्रालय भवन निर्माण गर्ने टुंगो लागेको छ ।
सुर्खेत – कर्णालीमा एकिकृत मन्त्रालय भवन बनाउन संघ र प्रदेश शहरी विकास मन्त्रीबिच छलफल भएको छ ।
कर्णाली प्रदेश सरकारका सबै मन्त्रालय भवनहरु एकिकृत रुपमा निर्माणका लागि दुई मन्त्रीबिच छलफल भएको हो ।
साथै यो समाचारमा यसअघि मन्त्रालय क्वाटर भन्ने शब्द चयन भएकोमा एकिकृत मन्त्रालय भवनहरु भन्ने शब्द छनोट गरिएको समेत जानकारी गराउँदछौं ।
संघीय सरकारका शहरी विकास मन्त्री रामकुमारी झाँक्री र कर्णाली सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदमबहादुर रोकायाबिच भएको छलफलले कर्णालीमा एकिकृत मन्त्रालय भवन निर्माण गर्ने टुंगो लागेको छ ।
यसअघि वीरेन्द्रनगर नगरपालिकाको सहमतिमा कर्णाली प्रदेश सरकारले एकिकृत मन्त्री भवन निर्माणका लागि संघीय सहरी विकास मन्त्रालय अन्तर्गतको भवन विभागमा प्रस्ताव पेश गरेको थियो । तर उक्त प्रस्तावमाथि छलफल नहुदाँ आवश्यक प्रक्रिया अघि बढ्न सकेको थिएन ।
प्रस्ताव अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालय अगाडीको वीरेन्द्रनगर नगरपालिकाको नाममा रहेको सरकारी खाली जग्गामा एकिकृत मन्त्रालय भवन निर्माण हुने भएको छ ।
मन्त्री रोकायाले संघीय शहरी विकास मन्त्री झाँक्रीलाई मन्त्रालयमै भेटेर एकिकृत मन्त्रालय भवन निर्माणको प्रक्रिया अघि बढाउन अनुरोध गरेका थिए । दुई मन्त्रीबिचको छलफलपछि शहरी विकास मन्त्री झाँक्रीले प्रस्ताव कार्यान्वयनका लागि तत्काल प्रक्रिया अघि बढाउने जनाएकी छन् ।
मन्त्री रोकायाका प्रमुख स्वकिय सचिव अमर रोकायाका अनुसार शहरी विकास मन्त्री झाँक्रीले कर्णालीमा एकिकृत मन्त्रालय भवन निर्माण हुने आश्वासन दिएकी छन् ।
शहरी विकास मन्त्रालय अन्तर्गतको भवन विभागले एकिकृत मन्त्रालय भवनसँगै अन्य संरचना पनि तयार गर्ने भएको छ । जसमा सुरक्षाका लागि बस्ने प्रहरीका ब्लक भवन लगाएतका भौतिक संरचना निर्माण गर्ने तयारी छ ।