सुर्खेत – कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकाया र नेकपा एकिकृत समाजवादी (एस)का अध्यक्ष माधवकुमार नेपालबिच भेटघाट भएको छ ।
नेकपा एसबाट कर्णाली सरकारमा रोकाया मन्त्री नियुक्ति भएपछि एसका अध्यक्ष नेपालसँग छलफल तथा भेटघाट गर्न काठमाडौं पुगेका हुन् । भेटपछि नेकपा एसका अध्यक्ष नेपालले मन्त्री रोकायालाई बधाई तथा शुभकामना व्यक्त गर्दै जनउत्तरदायी भएर काम गर्न अनुरोध गरे ।
याे पनि पढ्नुहाेस् : पञ्चायतमा उपप्रधानदेखि गणतन्त्रको मन्त्रीसम्म
को हुन् मन्त्री रोकाया ? यस्तो छ राजनीतिक यात्रा !
भेटमा वर्तमान राष्ट्रिय राजनीति परिस्थीति, कर्णालीमा त्यसको प्रभाव र आगामी रणनीतिबारेपछि कुराकानी भएको मन्त्री रोकायाका प्रमुख स्वकिय सचिव अमर रोकायाले बताए ।
उनका अनुसार नेकपा एसका अध्यक्ष नेपालसँगको कुराकानीमा मन्त्री रोकायाले आफ्नो कार्यकालमा कर्णाली विकासका लागि सकेसम्मको नमूना काम गर्ने बताएका थिए ।
मन्त्री रोकाया काठमाडौंमा भेटघाट, बधाई तथा शुभकामना कार्यक्रममा व्यस्त छन् । मंगलबार काठमाडौंमा नेकपा एस निकट कर्णाली प्रदेश सम्पर्क समितिको आयोजनामा हुन लागेको बधाई तथा शुभकामना कार्यक्रमपछि मन्त्री रोकाया कर्णाली प्रदेश फर्किने कार्यक्रम रहेको छ ।