समुन्द्रसँगको आफ्नो पहुँचमा रुसले अवरोध पुर्याएको युक्रेनको आरोप

काठमाडौं – युक्रेनले समुन्द्रसँगको आफ्नो पहुँचमा रुसले अवरोध पुर्याएको आरोप लगाएको छ ।

युक्रेनलाई समुद्रसँगको सम्पर्कबाट बिच्छेद गर्न रुसले नियतवश अवरोध पु¥याएको आरोप युक्रेनका विदेशमन्त्री दिमित्रि कुलेभाले लगाएका हुन् । रुसले युक्रेनको समुन्द्री पहुँच रोक्नेगरी जल सैनिक अभ्यासको तयारी गरिरहेको छ ।

अजोभ सागरमा अहिले दर्जनौं रुसी युद्धपोत तथा जलसेनाका ढुंगाहरु तैनाथ छन् । तिनीहरुले अजोभको सागर हुँदै अन्य गन्तव्य जोड्ने युक्रेनको मार्ग छेकिदिएका छन् ।

रुसले भने युक्रेनलाई तारोमा पार्न नभएर बेलारुससँगको आफ्नो नियमित जल सैनिक अभ्यासको तयारी गरेको प्रतिक्रिया दिएको छ ।