भारतको दिल्लीमा सोमबारदेखि शैक्षिक संस्थाहरु सञ्चालन हुने

काठमाडौं – भारतको नयाँ दिल्लीमा कोभिड–१९को तेस्रो लहरका कारण बन्द भएका शैक्षिक संस्थाहरु सञ्चालन हुने भएका छन् ।

दिल्ली सरकारले विद्यालय सञ्चालन गर्ने घोषणा गरेसँगै सोमबारदेखि दिल्लीमा स्कूल, कलेज, अफिस र जिम लगायतका क्षेत्र सञ्चालन हुने भएका हुन् ।

सोमबारदेखि विगतका दिन जस्तै शैक्षिक संस्थाहरु सञ्चालन सामान्य रुपमा सञ्चालनमा आउने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

विगत २ वर्षदेखि बालबालिकाको पढाइ अभिभावक र विद्यालयका लागि चुनौतीको विषय बन्दै आएको छ । कक्षा ९ देखि १२ कक्षासम्मका बालबालिका सोमबारदेखि विद्यालय जानुपर्ने छ । साथै, नर्सरीदेखि ८ कक्षासम्मका बालबालिकाका लागि हाइब्रिड कक्षा सञ्चालन गरिने छ ।

जसमा बालबालिका लागि भने अफलाइन वा अनलाइन कक्षा सञ्चालन हुने छ । नियम अनुसार पूर्ण खोप लगाएका शिक्षकले मात्र अफलाइन कक्षा लिन पाउने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

त्यस्तैदिल्लीमा लगाइएका अधिकांश प्रतिबन्धहरू हटाइएको छ । तर रातको समयमा लगाइएको कर्फ्यू भने जारी रहने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।