देशभर मनाइयो सोनाम ल्होसार

काठमाडौं – तामाङ समुदायको विशेष पर्व सोनाम ल्होसार आज देशभर मनाइएको छ । काठमाडौं सहित देशभरका विभिन्न स्थानमा तामाङ समुदायहरुले ल्होसार पर्व मनाएका हुन् ।

गत काठमाडौंको टुँडिखेलमा हरेक वर्ष ल्होसारको रौनकता छाउने भएपनि यसवर्ष भने कोरोना महामारीलाई मध्यनजर गर्दै साँस्कृतिक कार्यक्रम हुन सकेन । गत वर्षहरुमा ल्होसारको रौनक फरक भएपनि यस वर्ष टुँडिखेलमा कुनै कार्यक्रम नरहेकोले नरमाइलो लागेको टुँडिखेल पुगेकाहरू बताउँछन् ।

कोरोना भाइरसका कारण यस वर्ष घरमा पनि मानिसहरु भेला भएर राम्रोसँग मनाउन नपाएको उनीहरुले बताए । साँस्कृतिक कार्यक्रम गर्नैपर्छ भन्ने नभए पनि सधैँ गरिरहेको तर यसवर्ष नहुँदा रमाइलो नलागेको उनीहरुको भनाइ छ ।

सरकारले तामाङ समुदायको विशेष पर्व सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा समेत दिएको छ ।