काठमाडौं – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकार पूरा समय टिक्ने दाबी गर्नुभएको छ।
बुधबार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्तारूढ गठबन्धन नटुट्ने दाबी गरेका हुन्।
उनले गठबन्धन टुटाउने प्रयास भइरहेको भए पनि गठबन्धन सरकारलाई टुट्न नदिने र जेठमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन सरकार मिलेर प्रतिस्पर्धा गर्ने बताए।
अध्यक्ष नेपालले आज (बुधबार) प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा गठबन्धनलाई बलियो बनाएर लैजाने प्रतिबद्धता भएको बताए।
अध्यक्ष नेपालले भने, ‘हामी जनताका निम्ति राजनीति गरेर समाजवादको यात्रामा अघि बढिरहेका छौँ। दिनदिनै पत्रिकामा अनेक समाचार सुनेर कतिपयको दिमाग खराब हुने गरेको छ। दिमाग खराब गर्ने काम नगराउनुस्। यो गठबन्धन टुट्नेवाला छैन। कसैले टुटाउन खोजेपनि गठबन्धन टुट्नेवाला छैन।ु
उनले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नो छलफल भइरहेको पनि प्रष्ट पारे। छलफलमा पत्रपत्रिकामा आएको समाचारको बारेमा पनि सत्यतथ्य कुरा के हो भनेर पनि कुराकानी भएको उनले बताए।