सुुर्खेत – निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल नेशनल प्याब्सन सुुर्खेतले विद्यालय खोल्न पाउनुपर्ने माग गरेको छ । नेशनल प्याब्सन जिल्ला कार्यलय सुुर्खेतका अध्यक्ष गायत्री रानासहितको टोलीले प्रमुुख जिल्लाअधिकारी खगेन्द्रप्रसाद रिजाललाई ध्यानाकर्षण पत्र बुझाउँदै विद्यमान कोरोना महामारीको परिस्थिति हेरेर विद्यालय खोल्नदिन माग गरेको हो ।
१२ देखि १७ वर्षका सबै विद्यार्थीलाई निधारित समय अगावै खोप लगाई सकेकोले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने व्यवस्था गर्न उनीहरुले माग गरेका हुन् । सरकारले यथाशक्य चाँडो चार वर्षदेखि ११ वर्षसम्मको बालबालिकाको लागि पनि खोपको व्यवस्था गर्न, शिक्षक तथा कर्मचारीको लागि बुस्टर डोजको व्यवस्था गर्न प्रमुुख जिल्ला अधिकारी समक्ष अनुरोध गरेको अध्यक्ष रानाले बताइन ।
विद्यालय मात्रै बन्द भएर शिक्षा क्षेत्र डेडलक भएको छ । पछिल्लो समय कोरोना संक्रमण दर घटेकोले स्वास्थ्य सुरक्षाको मापदण्ड कायम गरेर विद्यालय सञ्चालन गर्ने अवस्था सिर्जना गर्नुपर्ने माग राखिएको छ । कर्णालीमा कोभिड संक्रमण र मृत्युु दरलाई हेर्दाविगत भन्दा ओमिक्रोन भेरियन्टको प्रभाव न्यूून भएकाले भौत्तिक रुपमा विद्यालय सञ्चालन हुुनुुपर्ने नेशनल प्याब्सनको माग छ । लामो समयसम्म भौत्तिक कक्षाहरु बन्द हुुदा काम गर्ने श्रमजिवि धेरैको रोजगारी गुुमेको छ ।
आयआर्जन गुुम्ने र त्यसको प्रत्यक्ष असर आर्थिक रुपमा पर्ने भएकाले सोको बारेमा ध्यान दिदैँ विद्यालय खोल्न पाउनुपर्ने नेशनल प्याब्सनले जनाएको छ । राज्यले बालअधिकारको चार्टरमा हस्ताक्षर गरी प्रतिवद्धता जनाई सकेको अवस्थामा सम्पूूर्ण बालबालिकाको लेख्न पढ्नलेख्न पाउनुुपर्ने अधिकार सरकारबाट सुुनिश्चित हुुर्नेपर्ने समेत नेशनल प्याव्सनको माग छ ।
अधिकार अनुसार स्वास्थ्य मापदण्ड अपनाएर कक्षा संचालन गर्नुपर्ने तर कक्षा भौत्तिक रुपमा सञ्चालन भैसकेपछि विद्यालयहरुमा अनुुगमन टोलि खटाउनुु पर्ने अडान छ । विगतका दिनहरुमा हातहतियार र कम्व्याटसहित सुुरक्षाकर्मी प्रवेश गरी भयाभित बनाउने प्रयाास भएककाले यो पटक विद्यालयमा त्यस्तो नर्गन समेत ध्यानाकर्षण गरिएको हो ।
ध्यानाकार्षण पत्र बुुझदै प्रमुुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले नेशनल प्याव्सनले राखेको माग उचित भएपनि तत्कालै निर्णय गर्न नसकिने बताए । अहिलेको हेलचक्राईले पछि ठूूलो मुुल्य चुुकाउने स्थिति आाउन सक्ने भन्दै भौत्तिक रुपमै विद्यालय खोल्न वातावरण नभएको उनले बताए ।
अहिले खोपको दायरा बढाउनुुपर्नेमा उनको जोड छ । माघ मसान्तसम्म विद्यालय बन्द गर्न सीसीएमसीसीको सिफारिस समेत रहेकाले कहि समय धेरै गर्न उनले आग्रह गरे । भर्चुअल माध्यममार्फत पठनपाठन शुुचारु गर्न नेशनलप्याव्सनलाई उनको सुुझाव थियो ।