उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना


काठमाडौं – देशका केही भागमा आज पनि हिमपात हुने भएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुने भएको छ ।

आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका भू–भागमा हुसु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

विभागका अनुसार आज राति प्रदेश १, वाग्मती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न विभागले आग्रह गरेको छ ।