संबैधानिक व्यबस्था अनुसार निर्वाचन नभए राजिनामा दिन्छुँ : अध्यक्ष ओली

सुर्खेत – दैलेखको गुराँश गाउपालिका अध्यक्ष खेमराज ओलीले सरकारले संबैधानिक व्यबस्था अनुसार स्थानीय तहको निर्बाचन नभए पदबाट राजिनामा दिने घोषणा गरेका छन् । स्थानीय सरकारको अबधि पाँच बर्षको रहने भनी संबिधानमा उल्लेख गरिए अनुसार निर्वाचन प्रक्रियामा जानुपर्ने उनको माग छ ।

वर्तमान गठबन्धन सरकार स्थानीय तहको निर्वाचनको मिति सार्ने तयारीमा रहेको संका गर्दै उनले तोकिएकै समयमा चुनाव नगरे पदबाट राजिनामा दिने घोषणा गरेका हुन् ।

उनले सामाजिक संजाल फेसबुुकमार्फत संबिधानको मर्म र जनभावनाको कदर गर्दै सरकारले तत्काल स्थानीय तहको निर्बाचन गर्नु पर्ने बताएका छन । उनले भनेका छन, संबैधानिक व्यवस्था अनुसार स्थानीय सरकारको अबधि आगामी जेठ ५ गते सकिदैछ । हामीले २०७४ साल बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्बाचनमा निर्बाचित भएपछि जेठ ४ गते १ बजे सफत खाएका हौँ । अहिलेको सरकारले पनि त्यसै मितीसम्म निर्बाचन गरोस । यदि सरकारले जेठ भित्र निर्बाचन नगरे मैले सफत खाएको मितिअनुसार नै आउने जेठ ४ गते १ बजे पदबाट राजिनामा दिने घोषणा गर्दछु ।

नेपाली काँग्रेस दैलेखका सचिव समेत रहेका युवा नेता ओलीले नेपाली काँग्रेस बिधिको शासन मान्ने, संविधान निर्माण गर्ने र सधै नीति र बिधिमा प्रतिबद्व पार्टीको कार्यकर्ता हुनुको नाताले अहिले पनि संबिधानको खिलापमा जान नहुने बताए । उनले कुनै पनि हालतमा स्थानिय तहको निर्बाचनको मिति धकेलिन नहुने बताए ।

उनले सामाजिक संजालमा लेखेको स्टाटस यस्तो छः 
संबिधान अनुरुप पाँच वर्ष जनप्रतिनिधिको कार्यकाल हो र जनताको अभिमत पनि छ वर्षको नै हो । जनताको अभिमत र संविधान अनुरुप वैशाखमा चुनाव गराउने सरकारको जिम्मेवारी हो । म अपिल गर्न चाहान्छु संविधान र जनताले दिएको म्यानडेट समय अनुसार चुनाव सरकारले गर्नु पर्छ ।
सरकारले चुनाव घोषणा गरेन भनेपनि म संविधान र जनताको अभिमतको कदर गर्दै २०७९ साल जेस्ठ ४ गत्ते ठिक १ वजे नै जनताका नाममा सपथ खाएको समयमा आफ्नो पालिकाको अध्यक्ष पदवाट राजिनामा दिने घोषणा गर्दछु ।

खेमराज ओली
अध्यक्ष
गुँराश गाउपालिका दैलेख,
सचिव
नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति दैलेख ।