काठमाडौं – तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ सालको प्रारम्भिक नतिजा अनुसार नेपालमा जनसंख्या वृद्धिद्धर ऋणात्मक दिशामा छ ।
तथ्याकं विभागका अनुसार विक्रम संवत १९९८ को जनगणनामा नेपालको जनसंख्या १.२७ प्रतिशतले ऋणात्मक थियोे । त्यसको ८० वर्षपछि २०७८ को जनगणनामा जनसंख्या ऋणात्मक भएको हो । प्रजनन दर र विदेश बसाईसराई दरले जनसंख्या वृद्धि ऋणात्मक भएको हो । वर्तमानमा प्रभाव नदेखिने भएपनि कालान्तरमा भने जनसंख्या वृद्धिद्धर ऋणात्मक ह्ँदा असर पर्ने जानकारहरुको मत छ ।
२०६८ सालभन्दा यो वर्ष झन्डै २७ लाख जनसंख्या वृद्धि भएपनि तुलनात्मक रुपमा अघिल्लो पटक भन्दा यो पटक ०.९३ प्रतिशत ऋणात्मक भएको छ । एक दशकअघिको जनगणनामा हिमाल र पहाडी २७ जिल्लामा जनसंख्या वृद्धिद्धर ऋणात्मक थियो तर यो पटक त्यो संख्या वृद्धि हुँदै ३२ जिल्लामा जनसंख्या वृद्धिद्धर ऋणात्मक देखिएको हो । स्वास्थ्य र शिक्षामा सुधार हुँदा यो पटक औसत मृत्युदरमा कमी आएको छ अर्थात औसत आयु बढेको छ । पहाडी जिल्लामा प्रजननदर न्युन छ ।
वि.स. २०६८ सालमा एक महिलाले ३ जना सन्तान जन्माउने गरेको विभागले जनाएको छ । पछिल्लो समय एक महिलाले २ सन्तान जन्माउने गरेकोमा २०२१ सम्म आईपुग्दा अझै प्रजनन दर न्युन भएको पाईएको हो । सन् २०१७ साल सम्म जन्मदर २.१ प्रतिशत पु¥याउने राज्यले नीति लिएको थियो तर अहिले राज्यको नीति भन्दा पनि कम जन्मदर भईरहेको छ । अर्थात १ महिला १ सन्तानमै सीमित हुने गरेका छन् ।
अझै पनि तराई १० लाख, पहाड ९ लाख र हिमालबाट ५ लाख नागरिक विदेशीएका छन् । मुख्यत हिमालबाट पहाड, पहाडबाट तराई बसाईसराई हुने प्रचलन छ । बसाईसराई र प्रजनन्दरमा आएको कमीले जनसंख्या वृद्धिद्धर ऋणात्मक भएको केन्द्रीय तथ्याकं विभागका निर्देशक ढुण्डिराज लामिछानेले बताउनुभयो ।
जनसंख्या वृद्धिद्धर ऋणात्मक हुनु देशको सामाजीक, आर्थिक र राजनितिक रुपमा सिधै प्रभाव पर्छ । संघिय संरचना विकास भएपनि अझै पनि शिक्षा, स्वास्थ, रोजगारीको ग्यारेन्टी हुन नसक्दा शहर केन्द्रित हुनुपर्ने बाध्यता कायमै छ । सुविधा तथा सेवाका लागि जनसंख्या शहर केन्द्रित हुनुपर्ने बाध्यताले संघीयतामा समेत चुनौती थपेको लामिछानेले बताउनुभयो ।
विभागका अनुसार २१ लाख ६९ हजार नेपाली विदेशमा छन् । तर यो संख्यामा पिआर तथा डिभी र अन्यन्त्र देशमा बसाईसराई गरेका नेपालीको संख्या समावेश गरिएको छैन । पछिल्लो समय विदेश जाने महिलाको संख्या समेत वृद्धि भएको छ । तथ्याकं विभागले देशभरीका ६७ लाख घर परिवारको जनगणना गर्दा जनसंख्या वृद्धिद्धर ऋणात्मक भएको जनाएको हो । प्रारम्भिक नतिजा प्रकाशन गरेकोे विभागले पुर्ण नतिजा प्रकाशनका लागि अझै ८ महिनासम्म लाग्ने बताएको छ । – imagekhabar