काठमाडौं उपत्यका ३७७ सहित थप ११११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं—काठमाडौं उपत्यका ३७७ सहित थप ११११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ११११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जुन नेपालमा एकैदिन देखिएको सर्वाधिक उच्च संख्या हो । नयाँ थपिएका संक्रमितमध्ये ३३४ महिला र ७७७ जना पुरुषमा संक्रमण देखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३५ हजार ५ सय २९ पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३७७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये काठमाडौंमा २७० जना, भक्तपुर ४१ जना र ललितपुरमा ६६ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण जितेर पछिल्लो २४ घण्टामा ५६९ जना घर फर्किएका छन् ।