आगोमा जलेर छोराको मृत्यु, बचाउन खोज्दा आमा घाइते

सुर्खेत – आइतबार बिहान एक शिशु सुतिरहेको ओछ्यानमा आगो सल्किदाँ शिशुको मृत्यु भएको छ । भने उक्त बच्चालाई बचाउन खोज्दा आमाका दुबै हात जलेर घाइते भएकी छन् ।

रुकुम पश्चिम चौरजहारी नगरपालिका ६ शान्ती बजार बस्ने रिम बहादुर रोकायको करिब एक महिने छोरा तथा मृतक बच्चालाई चुलोको नजिक ओछ्यानमा सुताएर आमा बाहिर रहेको अबस्थामा बच्चा सुतेको ओछ्यानमा आगो सल्केको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार घाइते आमालाई उपचारको लागि मिशन अस्पताल चौरजहारी लगिएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय चौरजहारी रकुम पश्चिमबाट ६ जना प्रहरी टोलि खटाइएको थियो ।