नेटो र रुसबीचको वार्तामा गतिरोध, युक्रेनलाई नेटोमा राख्न नहुने माग नेटोद्वारा अस्वीकार

नेटो गठबन्धन र रुसबीचको वार्तामा गतिरोध आएको छ । नेटो र अमेरिकाले युक्रेनलाई नेटो गठबन्धनमा राख्न नहुने रुसी माग अस्वीकार गरेपछि वार्तामा गतिरोध आएको हो ।

तर, वार्ताको ढोका भने खुलै रहेको नेटोले जनाएको छ । युक्रेनमा रुसले आक्रमण गर्नसक्ने त्रासका बीच बुधबार नेटो काउन्सिल र रुसबीच भएको वार्तामा रुसले आफ्ना छिमेकी देशहरुमा तैनाथ नेटो सैनिक र हातहतियार फिर्ता गर्नुपर्ने शर्त राखेकोमा नेटोले त्यसलाई पनि अस्वीकार गरेको छ । साथै रुसले नेटोमा हाल आवद्ध तीस देश भन्दा बढी सस्दय थप्न नपाइने माग पनि वार्तामा राखेको जनाइएको छ ।

वार्ताको अध्यक्षता गरेका नेटोका महासचिव जेन्स स्टोलटेन्बर्गले दुवै पक्ष वार्तालाई निरन्तरता दिनुपर्छ भन्नेमा भने सहमत रहेको बताएका छन् । कुनै पनि सैन्य दूर्घटना नहोस भन्नेमा नेटो सचेत रहेको भन्दै उनले युक्रेनमाथिका शर्तहरु भने मान्य नहुने प्रष्ट पारेका छन् ।

यद्यपी उनले युरोपमा साँच्चिकै सैन्य वार्तामा सहभागी रुसी दूत ग्रश्खोले भने नेटोसँग सहमतिको संभावना क्षीण देखेको प्रतिक्रिया दिएका छन् । नेटोको विस्तार रोकिने प्रतिवद्धता नआएसम्म उसँग सहमतिको संभावना नहुने रुसको स्पष्ट अडान रहेको छ ।

यसैबीच, रुसले युक्रेनी सीमानामा आफ्ना सैनिकको संख्या बढाएको छ । पूर्वी सिमानामा सैनिक तैनाथ गर्दै आएको रुसले युक्रेनलाई तीन तिरबाट सैनिक घेरामा राखेको छ ।