सुर्खेत – नेकपा एमाले सुर्खेतको अध्यक्षमा अमृत बिसी विजयी भएका छन् । अर्का अध्यक्ष पदका प्रतिस्पर्धी डण्डीप्रसाद शर्मालाई १ सय १ मतान्तरले पछि पार्दै बिसी अध्यक्षमा विजयी भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष बिसीले ३ सय ६८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी डण्डीप्रसाद शर्माले २ सय ६७ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा पनि बिसीकै प्यानलका कुलमणि देवकोटाले ३ सय ९४ मत ल्याएर विजयी भएका छन् ।
सचिवमा कविन्द्र केसीले ३ सय ९० मत प्राप्त गरेर विजयी भएका छन् । भने उप सचिवमा घनश्याम पाण्डे विजयी भएका छन् ।
एमाले सुर्खेतमा कुल ६ सय ६२ प्रतिनिधि रहेकोमा ६ सय ४९ जनाले मात्रै मतदान गरेका थिए । नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा निवर्तमान उपाध्यक्ष समेत रहेका अमृत बिसी र सचिवालय सदस्य डण्डी शर्मा प्यानलसहित चुनावी मैदानमा थिए ।