सुर्खेत – सुर्खेत वसपार्क वरिपरीका होटल तथा नास्ता पसलमा अनुगमन गरिएको छ । उक्त अनुगमनका क्रममा अधिकांश होटल तथा नास्ता पसलको भान्सामा फोहोर देखिएकाले आगामी दिनमा भान्सामा फोहोर नगर्न समेत सुझाब दिइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतको नेतृत्वमा २७ गते (आज) अनुगमन निरीक्षण गरिएको हो । वीरेन्द्रनगर स्थित वसपार्क वरिपरीका १७ वटा साना होटेल रेष्टुरेन्ट, नास्ता पसल तथा मिठाई पसलहरुको निरीक्षण गरिएको सयूक्त बजार अनुगमन टोलिले जानकारी दिएको छ ।
उक्त अनुगमनमा अधिकांस होटेल रेष्टुरेन्ट, नास्ता पसल तथा मिठाई पसलहरुको भान्सा फोहोर भएको, बढि मात्रामा रङ्गको प्रयोग भएको, एउटै तेल पटक पटक प्रयोग गरेको तथा धेरै पसल दर्ता बिनै संचालन भएका पाइएका छन।
त्यस्तै पटक पटक प्रयोग गरेको तेल हो वा हैन भनि स्पटमै डिजिटल मेसीन (टोटल पोलर मेटेरिएल – टिपिएम) बाट जाँच्दा धेरैजसोमा २५ प्रतिशत भन्दा बढी आएकाले करीव २५ लिटर तेल समेत नष्ट गरिएको छ । भने बढिमात्रामा रङ्ग प्रयोग गरीएको रोस्ट तथा सेकुवा बनाउन तयारी गरिएको ७ केजी मासु र चटनि तथा २ केजी पकौडा समेत नस्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले जानकारी दिए।
उनका अनुसार भान्सा सरसफाई गर्न, पत्रीकाले खानेकुरा छोप्न, रङ्ग प्रयोग नगर्न र एउटै तेल पटक पटक प्रयोग नगर्न निर्देशन दिइएको छ । अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका साथै जिल्ला प्रसाशन कार्यालय , बिरेन्द्रनगर नगरपालिका, नगर प्रहरी ,उद्योग तथा उपभोक्ता हित निर्देशनालय र रास्टिय उपधोक्ता मंचको सहभागीता थियो।