आइतबार भेटिए १ हजार १ सय ६७ जना कोरोना संक्रमित


काठमाडौं – पछिल्लो २४ घन्टामा देशभर एक हजार एक सय ६७ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार २ हजार ६३२ नमुना परीक्षण गर्दा एक हजार एक सय ६७ संक्रमित भेटिएका हुन्। यस्तै आज २ जना संक्रमितको मृत्यु भएको छ।

हाल देशभरी कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ७५५ रहेको छ। आज काठमाडौं उपत्यकामा मात्रै ६१५ जनामा संक्रमण पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *