फिफा वर्ष खेलाडीको अन्तिम तीनमा मेसी, लेवान्डोस्की र सलाह


विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्ने वर्ष उत्कृष्ट खेलाडीको सर्ट लिस्ट गरेको छ।

शुक्रबार फिफाले पुरुष वर्ष खेलाडीका लागि मनोनीत अन्तिम तीन खेलाडीमा पिएसजी स्टार लियोनल मेसी (अर्जेन्टिना), बार्यनम्युनिख स्टार रोबर्टो लेवान्डोस्की (पोल्यान्ड) र लिभरपुल स्टार मोहमद सलाह (इजिप्ट) रहेका छन्।

त्यस्तै‚ महिलातर्फ वर्ष खेलाडीमा चेल्सीकी साम केर (अस्ट्रेलिया)‚ बार्सिलोनाकी जेनिफर हेर्मोसो ९स्पेन० र बार्सिलोनाकै एलेक्सिया पुटेलास (स्पेन) अन्तिम तीन मा पर्न सफल भएका छन्।

अवार्ड विजेताको तय अन्तर्राष्ट्रिय प्रशिक्षक, कप्तान तथा अन्तर्राष्ट्रिय टिम र पत्रकार तथा समर्थकको भोटका आधारमा गरिंदै आएको छ। सन् २०२० मा पुरुषतर्फ यो अवार्ड लेवान्डोस्कीले जितेका थिए। फिफाले विजेताको नाम १७ जनवरीमा ज्युरिचमा घोषणा गर्ने जनाएको छ।