तोलामा ७०० घट्यो सुनको भाउ


काठमाडौं – नेपाली बजारमा सुन चाँदी भाउ घटेको छ। छापावाल सुन आज प्रतितोला ७ सय रूपैयाँले घटेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजाबी सुन आज ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजाबी सुन ९१ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रूपैयाँले घटेको छ। आज चाँदी १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *