संक्रमणबाट बच्न मुगुका पत्रकार लाई “फस्टेड बक्स”

मुगु – विकट हिमाली जिल्ला मुगुमा कृयाशिल पत्रकारहरुलाई स्वास्थ्य सामग्रीहरु अर्थात फस्टेड बकस सहयोग गरिएको छ ।

विश्व महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ को अग्रपंतिमा खटिएर काम गर्ने र कोरोनाको प्रकोपबाट प्रभावित नहोस भनि मानव अधिकार तथा वातावरण विकास केन्द्र हेरेन्डेक नेपालका अध्यक्ष राजु कार्कीको व्यक्तिगत पहलमा मनघरी फाउण्डेसन नेपालले मुगु जिल्लाका क्रियाशिल पत्रकार लाई सहयोग गरेको हेरेन्डेक नेपाल मुगुका कार्यक्रम प्रबन्धक नवराज रावतले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य सामग्रीमा पिपिईसेट २८ थान , फेसियल सेट २८ , सर्जिकल मास्क ९ सय पिस , फस्टयट २८ , सावुन , १ सय १२ , पिस , र एन ढछ मास्क ९ पिस बुधवार प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौला लाई हस्तान्तरण गरिएको रावतले बताए । त्यस्तै क्रियाशिल पत्रकार लाई फस्टेड बकसमा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिएको रावतको भनाई रहेको छ ।

उनले भने सुगम,सुविधा,सम्पन्न जिल्लामा रहेका पत्रकारहरुले यो महामारीमा आवश्यक पर्ने स्वास्थ्य तथा अन्य सामगी्रहरु सहजै पाउन सक्छन तर ज्यानको बाजी राखेर सुचना संकलनमा खटिने दुर्गमका पत्रकारहरुको पिडा कसैले सुन्दैन र उनीहरुले चाहेर पनि त्यस्ता सामगी्रहरु पाउन सक्दैनन त्यसैले सुरक्षाको सामानको अभावमा दुर्गममा खटिने पत्रकार तथा तिनका आसृत परिवारहरु कोरोना माहामारीकोे चपेटामा पर्नु नपरोस भनेर सामाग्री उपलब्धत गराएका हुन ।