कर्णाली – राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशबाट ६ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । जसमध्ये सत्तारुढ गठबन्धनबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
एकीकृत समाजवादी कर्णाली प्रदेश सचिवालय अनुसार, कांग्रेसबाट महिला कलस्टरमा सुर्खेतकी दुर्गा गुरुङ, माओवादी केन्द्रबाट अपाङ्गता–अल्पसङ्ख्यक कलस्टरमा सुर्खेतका नरबहादुर विष्ट, खसआर्य कलस्टरमा सल्यानका उदय बोहरा सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् ।
दुर्गा गुरुङ, तत्कालिन सशस्त्र द्वन्द्वका क्रममा मारिएका कांग्रेस कार्यकर्ता यज्ञबहादुर गुरुङकी धर्मपत्नी हुन भने विष्ट पहिलो संविधानसभाको सदस्य र हाल उक्त पार्टीको केन्द्रीय सदस्य छन् । सल्यानका बोहरा, सल्यानका पूर्वजिल्ला विकास समिति सभापति र एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य हुन् ।
यता एमालेबाट खसआर्य कलस्टरमा सुर्खेतका चुडामणि शर्मा, महिलाबाट जुम्लाकी गङ्गा महत, अपाङ्गता–अल्पसङ्ख्यक कलस्टरबाट दैलेखका पदम माझी उम्मेदवार छन् ।
आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कर्णालीमा ६ जनाको उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । राष्ट्रियसभा सदस्य रुकुमपश्चिमका ठगेन्द्रप्रकाश पुरी (समाजवादी), हुम्लाका कविता बोगटी (एमाले) र कालिकोटका जीवन बुढा ९माओवादी०को पदावधि फागुन १८ गते सकिएर रिक्त हुने तीन पदमा चार दलका ६ उम्मदेवारले आफ्नो मनोनयन दर्ता गरेका हुन् । -Karnaalikhabar