बंगलादेशले टेस्ट क्रिकेटमा पहिलोपटक न्युजिल्याण्डलाई हराएको छ। न्युजिल्याण्डसँगको पहिलो टेस्टमा बंगलादेशले ८ विकेटको शानदार जित हात पारेको हो।
न्युजिल्याण्डले दिएको ४० रनको लक्ष्य बंगलादेशले २ विकेट गुमाउँदै पूरा गरेको हो। यसअघि पहिलो इनिङमा न्युजिल्याण्डले ३२८ रन बनाएको थियो भने बंगलादेशले ४५८ रन बनाएको थियो।
दोस्रो इनिङमा न्युजिल्याण्ड १६९ रनमा समेटियो। त्यससँगै बंगलादेशले जितको लागि ४० रनको लक्ष्य पाएको थियो।
खेलको प्लेयर अफ द म्याच बंगलादेशका एबाडोट हुसेन बने। उनले समग्रमा ७ विकेट लिएका थिए। न्युजिल्याण्ड र बंगलादेशबीचको दोस्रो टेस्ट आइतबार सुरु हुनेछ।