सुनको भाउ तोलामा ९०० ले घट्यो


काठमाडौं – अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै स्थानीय बजारमा सुनचाँदीको भाउमा गिरावट आएको छ । मंगलबार सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम गरेको छ । सोमबार तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको भाउ पनि तोलामा ९०० रुपैयाँले नै गिरावट आएर तोलाको ९१ हजार ७०० कायम भएको छ ।

यसैगरी, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले कमी आएको महासंघले जनाएको छ । महासंघले मंगलबारका लागि चाँदीको भाउ तोलाको १२ सय ५० रुपैयाँ तोकेको छ । सोमबार तोलाको १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।