प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै, परामर्श समितिको बैठक बिहान ११ बजे

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज दिउसो १ बजे बस्दैछ । बैठकको कार्यसूची तय गर्न बिहान ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।

कार्यव्यवस्था परामर्श समितिमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहन्छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लामो समयदेखि संसद बैठक अबरुद्ध गर्दै आएको छ । प्रतिपक्ष दलका सांसदहरुको अवरोधकावीच सभामुखले संसदका कामकारवाही अगाडि बढाउँदै आउनुभएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद बैठक सुचारु गर्ने विषयमा पनि छलफल हुने सत्तारुढ दलका सांसदले जानकारी दिएका छन् । संसद सुचारु गर्ने विषयमा सरकार र सभामुखले प्रयास गरेपनि सफल हुन सकेको छैन् ।

पार्टीले कारवाही गरेको माधव नेपाललगायतका १४ जना सांसदको पद खारेज गरेको सूचना नटाँसेको भन्दै एमालेका सांसदहरुले निरन्तर संसद अबरोध गर्दै आएका छन् ।