काठमाडौं उपत्यकामा ३ सय १ सहित थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – काठमाडौं उपत्यकामा ३ सय १ सहित थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ८ सय ८५ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौंमा उपत्यकाका ३ सय १ मध्ये काठमाडौंका २ सय ३० जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै, ललितपुरका ४७ जना र भक्तपुरमा २४ जनामा कोरोना पुष्टि भएको छ ।