कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर पढाई हुने

सुर्खेत – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातकोत्तर पढाउने अनुमति पाएसँगै यसै शैक्षिक शत्रदेखि स्नातकोत्तर तहको अध्यापन सुरू हुने भएको छ ।

प्रतिष्ठानले यो वर्षदेखि एमडिजिपी, एनेस्थेसियोलोजी, पिडियट्रिक अध्यापन गर्ने अनुमति पाएको हो।

साउन ३० गते प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा विज्ञानमा स्नातकोत्तर तहको अध्यापन अनुमति दिने निर्णय गरेको थियो ।

निर्णयअनुसार मंगलबारदेखि अनुमति प्राप्त भएको प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिए ।
डा. रावलका अनुसार यो वर्षका लागि पाँच वटा कोटा निर्धारण गरिएको छ । एमडिजिपीमा ३, एनेस्थेसियोलोजीतर्फ र पिडियट्रिकतर्फ १र१ वटा कोटा निर्धारण भएको उनले बताए । २०६८ सालमा स्थापना भएको प्रतिष्ठानमा यसअघि स्नातक तहका केही विषयमा अध्यापन भइरहेको छ ।