सुर्खेत – करिव १६ वर्षअघि अर्थात २०६२÷०६३ सालको राजतन्त्रविरुद्धको जनआन्दोलनका क्रममा हटाइएको राजा वीरेन्द्रको सालिक पुनः ठडिएको छ । कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित वीरेन्द्र चौकमा स्वर्गीय राजा वीरेन्द्रको सालिक पुनः ठडिएको हो ।
राजा वीरेन्द्रको आज परेको जन्मदिनको अवसर पारेर स्वतन्त्र सुर्खेतबासी जनता समुहले सालिक राखेको हो । गोरक्ष पिठादिस योगी बलभद्रको अगुवाइमा युवाहरूको समूहले शालिका स्थापना गरेको हो ।
यसअघि वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्र चौक पुर्ननिर्माण गरेपनि सालिक भने राखिएको थिएन । वीरेन्द्र चौक पुर्ननिर्माण भएपनि राजाको सालिक राख्ने वा नराख्ने भन्ने विषयमा राजा पक्षधर र वीपक्षीबीच लामो समयदेखि वीवाद जारी रहेको छ ।
तर, विवादकैबीच उ्रक्त समूहले वीरेन्द्र राजाको सालिक राखेको हो । यता वीरेन्द्रनगर नगरपालिकासँग सालिक राख्ने विषयमा कुनैपनि समन्वय नभएकोे नगरप्रमुख देव कुमार सुवेदीले बताए । नगरप्रमुख सुवेदीले भने, ‘सालिक राख्ने नराख्ने विषयमा कानुनी व्यवस्था त छैन, तर पनि समन्वय गरेर जाँदा राम्रो हुने प्रतिक्रिया दिए ।’