विश्वकै पहिलो घटना : कार गुडदा गुडदै महिलाले फ्रन्ट सिटमै बच्चा जन्माइन्

एजेन्सी – अमेरिकाको फिलाडेल्फियामा एक महिलाले कारको अगाडिको सिटमा बच्चा जन्माएकी छिन् । सेप्टेम्बर महिनामा जन्मिएको उक्त बच्चालाई ‘पहिलो टेस्ला बेबी’ नामकरण गरिएको छ ।

फिलाडेल्फियाकी बासिन्दा ३३ वर्षीया यिरान सेरी आफ्ना ३४ वर्षे श्रीमान् कियटिङ र तीन वर्षका छोरा राफा सँग कारमा थिइन् । त्यति नै बेला उनको ‘वाटर ब्रेक’ भयो ।

‘हामीले यो स्थितिलाई सम्हाल्न सक्छौं जस्तो लाग्यो,’ पेन्सिल्भानियाकी यिरानले भनिन् । दुई सन्तानकी आमाले दिएको जानकारी अनुसार उनका श्रीमान् कियटिङले अस्पताल जानका लागि आफ्नो कारलाई अटोपाइलट मोडमा राखे । तर उनकी छोरी मियभी लिलीले योजना भने भिन्न रहेछ ।

‘मलाई याद छ, मैले कियटिङलाई ‘मलाई लाग्छ उनको टाउको बाहिर निस्किएको छ’ भनेको थियो । उनको टाउको बाहिर निस्किएको जस्तो भान भएको थियो । तर मेरो ध्यान म्यापमा मात्रै केन्द्रित थियो । हामी कहाँ छौँ भनेर म हेरिरहेको थिएँ ,’ ३३ वर्षीया आमाले स्मरण गरिन् । यी दुईले यस्तो स्थितिको सामना गरिराख्दा उनीहरुका तीन वर्षका छोरा भने कारको पछाडिको सिटमा थिए । फिलाडेल्फिया इन्क्वायररसँग कुरा गर्दै ती महिलाले आफ्ना श्रीमानलाई पहिला छोरालाई स्कूल पुर्याउन र त्यसपछि अस्पताल जान भनेको जानकारी दिइन् ।

रियानका श्रीमानले अस्पताल जाँदा ट्राफिकको फसेको घटना स्मरण गरे । ‘मैले यिरानलाई, ओके, आफ्नो सासमा ध्यान केन्द्रीत गर भनेँ । यो सल्लाह मेरो लागि पनि थियो । म निकै हताश थिएँ । मैले छोरालाई ‘राफा, सबैकुरा राम्रो छ । तिम्री बहिनीको आगमन हुँदैछ भनेँ’’, दुई सन्तानका पिताले भने ।

‘तर सबैभन्दा पीडा त्यतिबेला भयो जब बल गरेर छोरी जन्माउने हो कि बच्चालाई बाहिर आउन नदिने भन्ने रनभुल्लमा परियो । ‘मैले पुस गरे कि रोकिने रु, ’ यो कुरा मैले बारम्बार दोहोराइरहेको थिएँ,’ उनले स्मरण गरिन् ।

अन्ततः उनले कारभित्रै छोरी जन्माइन् । अस्पताल पुगेपछि नर्सले कारको फ्रन्ट सिटमा नै नाल काटिदिइन् ।

उनले भनिन्, ‘हामी अब बिदामा रमाइलो गर्न चाहन्छौं र परिवारसँग उत्कृष्ट समय बिताउन चाहन्छौं,’ कियटिङले भने । ‘क्रिसमसको झिलिमिली हेर्न हामी ड्राइभमा जानेछौँ । आशा गरौं कुनै आपतकालीन अवस्था सिर्जना नहोस् ।’