कामठाडौं – केही साताअघि गृह मन्त्रालयमा सूचना आयो, उत्तरी नाका हुम्लाको नाम्खा गाउँपालिका–५ मा चिनियाँ प्रहरी घुसपैठ भयो । सूचनामा सीमा नं. ६ ‘क’ र ७ ‘क’ कोबीचमा रहेको नेपाल–चीनको सीमास्थित कर्णाली नदीदेखि ५० मिटर उत्तरतर्फ घुसपैठ भएको उल्लेख थियो ।
यही सूचनाका आधारमा सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीको ९ जनाको गस्ती टोली पुस १ गते सीमा क्षेत्र चीनको सेरागाउँ पुग्यो ।
तर गृहमा पुगेको रिपोर्टभन्दा फरक वस्तुस्थिति सशस्त्र प्रहरीले भेटेको छ । गस्ती टोलीका अनुसार, चिनियाँ प्रहरीको ५ जनाको टोली नेपाली सीमानजिक चिनियाँ भूमिमै क्याम्प खडा गरेर बसेको पाइएको छ ।
सशस्त्र प्रहरीले गृह मन्त्रालयलाई पठाएको पत्रमा नेपाली भूमिमा चिनियाँ घुसपैठ नभएको उल्लेख छ । तथापि, मन्त्रालयलाई पठाइएको रिपोर्टमा चीनले नेपाली सीमामा सुरक्षा निगरानी भने बढाएको जनाइएको छ । – नेपाल वाच