काठमाडौं – नेपालमा गत २४ घण्टामा २ सय ७१ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ९ हजार १ सय ५७ जनाको पिसिआर परीक्षण गर्दा २ सय ५१ र १ हजार ७ सय २९ जनाको एन्टिजेन परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको हो।
यो अवधिमा २ सय २५ जना संक्रमणमुक्त भएका छन् भने एकजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ३१ रहेको छ। जसमध्ये ४ हजार ६ सय ९४ जना होम आइसोलेसनमा छन् भने २ सय ३७ जना संस्थागत आइसोलेसनमा छन् ।