‘अब आफ्नै भवनबाट दाँत र आखाँको उपचार सेवा दिन्छौं’

गुणस्तरीय सेवा प्रवाह गर्दै सेवाग्राहीको मन जित्न सफल क्लिनिक

सुर्खेत – विभिन्न निजी स्वास्थ्य क्लिनिकहरुबिच स्वास्थ्य सेवा प्रवाहमा प्रतिस्पर्धा भइरहेका बेला मध्यपश्चिम डेण्टल ल्याब एण्ड क्लिनिकले पनि सेवाग्राहीको मन जित्दै गएको छ । लामो समयदेखि वीरेन्द्रनगर सुर्खेतमा संचालित यस डेण्टल ल्याब एण्ड क्लिनिकले गुणस्तरीय सेवा प्रवाह गर्दै सेवाग्राहीको मन जित्न सफल भएको हो ।

हाल कर्णाली प्रदेशका अधिकांश दाँत सम्बन्धि रोग तथा समस्या भएका बिरामीहरुको पहिलो रोजाइमा नै मध्यपश्चिम डेण्टल ल्याब एण्ड क्लिनिक पर्न थालेको छ । सेवाग्राहीले सजिलै, छिटो र भरपर्दो सेवा पाउन थालेपछि उपचारका लागि यस क्लिनिकलाई रोज्न थालेका हुन् ।

हाल दाँत सम्बन्धि उपचार सेवा दिदै आएको मध्यपश्चिम डेण्टल ल्याब एण्ड क्लिनिकले अब छिट्टै आखाँ रोग सम्बन्धिको पनि उपचार सेवा दिने तयारी थालेको छ । क्लिनिक संचालक जीवन बञ्जाडेका अनुसार आफ्नै भवनबाट दाँत र आँखा रोगको उपचार सेवा दिने तयारी भएको हो । जसका लागि अस्पताल संचालन गर्न आफ्नै भवन निर्माण गरिदैछ । भने आँखा रोग निदानका लागि आवश्यक औषधि, उपकरण तथा जनशक्ति व्यवस्थापनको प्रक्रिया अघि बढाईएको संचालक बञ्जाडेले बताए ।

को हुन् संचालक बञ्जाडे ?

जीवन बञ्जाडे, वि.सं २०४४ साल जेष्ठ ४ गते बुवा कमल जोशी (बञ्जाडे) र आमा निर्मला जोशी (बञ्जाडे) को कोखबाट जन्मिएका हुन् । परिवारमा जेठो छोराको रुपमा जन्मिएका बञ्जाडेको साविकको अर्घाखाँची २, हाल सन्दिखर्क नगरपालिका ४ मा जन्म भएको हो । अर्घाखाँचीमा जन्मिएर गाउँमै बाल्यकाल बिताएका बञ्जाडेको सुर्खेत कर्मथलो बनेको छ । हाल उनको घरमा ८ जनाको संयुक्त परिवार छ ।

कक्षा १ देखि ५ सम्म गाउँकै टुनिपोखरा स्कुलमा पढेका उनले कक्षा ५ देखि १० सम्म जीवनद्धारा माध्यामिक विद्यालयमा अध्ययन गरेका थिए । एसएलसीपछि बुटवल गएर मोडर्लिङमा चासो राखेका उनले मोडर्लिङमा अवसर नखोजी काठमाडौंमा गएर डेण्टल ल्याब टेक्निसियन अध्ययन गरेका थिए । साथै उनले हाइजेनिष्ट डेन्टिष्ट पनि अध्ययन गरेका छन् । उनले काठमाडौंमा पढ्दै कमाउन पनि थालेका थिए । अध्ययनसँगै काठमाडौं चक्रपथमा ४ वर्षसम्म आफ्नै क्लिनिक खोलेका बञ्जाडेले पछि क्लिनिक छोडेर सुर्खेत देउती अस्पतालमा जागिर गर्न थाले । जागिरको शिलसिलामा उनले दाँत रोगका सेवाग्राही धेरै भएको र सेवा प्रवाह कम भएको देखेपछि आफ्नै डेण्टल ल्याब खोल्ने सोच बनाए ।

सेवा प्रवेशमा प्रेरणा

विगत १३ वर्षदेखि सुर्खेतमा डेण्टल सेवा दिदै आएका मध्यपश्चिम डेण्टल ल्याब एण्ड क्लिनिकका संचालक जीवन बञ्जाडेले जुम्लारोडबाट सेवा सुरु गरेका थिए । तर हाल सेवा विस्तारसँगै बिचबजारमा पनि क्लिनिक संचालन गरेका छन् । गाउँमै दुख र संघर्ष गर्दै हुर्केका उनलाई यस सेवामा प्रवेश गर्न भिनाजु पिताम्बर भुषाल र उनका दाजुले प्रेरणा दिएका थिए । उनीहरुको माया, आर्शिबाद र हौसलाका कारण २०५८ सालमा आफन्तको सहयोग र सहकारीको ऋण गरी करिब ५ लाख रकम लगानीबाट बञ्जाडेले डेण्टल सेवा सुरु गरेका हुन् । हाल उनले १५ जनालाई रोजगारी समेत दिएका छन् । भने दाँत सम्बन्धि सबै रोगको उपचार गरिन्छ ।

अबको योजना

डेण्टल सेवा दिदै कमाउँदै गरेको पैंसा बञ्जाडेले जनशक्ति तथा औषधि उपकरण व्यवस्थापनमा लगानी गर्ने गरेका छन् । अन्य क्लिनिकको तुलनामा अनुभवी तथा विषशज्ञ डाक्टरद्धारा सेवा दिदै आएको मध्यपश्चिम डेण्टल ल्याब एण्ड क्लिनिकमा गुणस्तरीय जापानीज उपकरणहरु छन् । अब आफ्नै अस्पताल खोलेर दाँतसँगै आँखा सम्बन्धि सम्पूर्ण उपचार सेवा दिने तयारीमा जुटेको संचालक बञ्जाडेले बताए । उनका अनुसार दुबै सेवा अब आफ्नै भवन सहितको अस्पतालबाट छिट्टै संचालन गर्ने तयारी छ ।