कांग्रेस नेतृत्व : प्रदेश क्लस्टरको मतगणना जारी, प्रत्येक प्रदेशबाट ३ जना केन्द्रीय सदस्य

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत विभिन्न क्लस्टरका सदस्यहरुको मतगणना जारी छ।

पदाधिकारीसहित खुला केन्द्रीय सदस्य र खुला महिला केन्द्रीय सदस्यको मतगणना सम्पन्न भइसकेको छ भने आज पनि विभिन्न क्लस्टरको मतगणना जारी रहने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

आज प्रदेश क्लस्टरका केन्द्रीय सदस्यहरुको मतगणना हुन लागेको हो। प्रत्येक प्रदेशबाट एक महिलासहित तीन जना केन्द्रीय सदस्य निर्वाचित हुने प्रावधान छ। प्रदेश २ को भने यसअघि नै सम्पन्न भइसकेको छ। यसैबीच अपांगता तर्फको खुला केन्द्रीय सदस्यमा मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन्।

गएराति सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार श्रेष्ठले १ हजार ६ सय ४० मत प्राप्त गरेर विजयी भए। एक पदका लागि १२ जना चुनावी प्रतिस्पर्धामा थिए। यस्तै गएराति नै सम्पन्न भएको केन्द्रीय सदस्य महिला खुलामा डा डिला संग्रौला ९पन्त०, पुष्पा भुसाल, डा। आरजु राणा देउवा, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने निर्वाचित भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

यसैगरी सरिता प्रसाईं, रमा कोइराला पौडेल, शुशीला ढकाल आचार्य र रंगमती शाही केन्द्रीय सदस्यमा निर्वाचित भए। ९ सिटका लागि भएको निर्वाचनमा ३० जनाले उम्मेदवारी दिएका थिए।