कर्णालीमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार मुलुकको पहाडी भू(भागमा आंशिक बदली रही बाँकि भू(भागको मौसम सफा रहनेछ।

देशमा उल्लेख्यनीय मौसम प्रणाली नभए पनि बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाकएको छ। आज राती देशभरि आंशिक बदली रहनेछ।

तराईका भू(भागहरुममा बिहानको समयमा हुसुरकुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेको विभागले जनाएको छ। चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

सोमबारबार काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ। काठमाडौंसँगै देशका अन्य ठाउँमा पनि चिसो बढेको छ। सोमबार बिहान जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री पुगेको छ। यस्तै जोमसोम र जिरीको तापक्रम माइनस २।७ डिग्री पुगेको छ।