रेलिगेशन जोनको काडिजसँग रियलको बराबरी

 

स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड रेलिगेशन जोनमा रहेको काडिजसँग गोलरहित बराबरीमा रोकिएको छ। अंक तालिकाको शीर्ष स्थानमा रहेको रियल लगातार आठौं जित निकाल्ने ध्याउन्नमा रहे पनि उसको इच्छामा काडिज बाधक बन्यो।

रियलले घरेलु मैदानमा अधिकांश समय काडिजलाई दबाबमा राखे पनि गोल निकाल्न भने असफल रह्यो। ८२ प्रतिशत खेल नियन्त्रणमा लिएको रियलले ३६ भन्दा बढी प्रहार गरे पनि गोल भने गर्न सकेन। बराबरीपछि रियले शीर्ष स्थानमा स्पष्ट ६ अंकको अंक दूरी बनाएको छ।

ब्राजिलियन फर्वाड भिनिसियस जुनियरले लिगमा एक सयौं खेलमा उपस्थिति देखाए। त्यस्तै‚ रियलका लागि इडन हजार्डले मिड सेप्टेम्बर यता पहिलो पटक सुरुवाती ११ मा स्थान बनाएका थिए।

कोभिडका कारण प्रभावित शीर्ष स्थानको रियलले मुख्य ६ खेलाडी मैदानमा उतार्न सकेन। बराबरीले रेलिगेशन जोनबाट माथि उठ्न संघर्षरत कार्डिजलाई भने केहि राहत मिलेको छ। उसको लिगमा १४ अंक भएको छ।ऊ पुछारबाट दोस्रो स्थानमा छ।

त्यस्तै‚ स्पेनिस लालिगामा ग्रान्डाले मालोर्कालाई ४-१ ले पराजित गर्दा एथलेटिको बिलबाओले रियल बेटिसलाई ३(२ ले पाखा लगायो। त्यस्तै‚ गेटाफेले भने ओसासुनालाई १-० ले पराजित गर्‍यो।