कर्णालीमा १५  जना काेराेना संक्रमित निको हुदाँ १८ जना थपिए 

सुर्खेत – पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा १८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोग शाला सुर्खेतमा  ११ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ६ जना र दैलेख अस्पताल दैलेखमा गरिएकाे परिक्षणमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा  महाशाखा सुर्खेतले जनाएको छ ।

यसैगरि कोरोनाबाट निको भइ डिस्चार्ज हुनेको सख्या १५ जना रहेको महाशाखाले जनाएको छ ।

यसका साथै कर्णाली प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय मात्रै रहेको छ । मंगलबार थप १८ जनामा कोरोना पुष्टि भएपछि सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ६ पुगेको हो ।कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या २ हजार ३ सय १३ रहेको छ । जसमा २ हजार ७ जना काेराेना निकाे भई घर फर्किसकेका  छन् ।