पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं—काठमाडौं उपत्यकामा २३२ सहित थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप जनामा कोरोना संक्रमण देखिएको हो ।

काठमाडौंमा उपत्यकाका २३२ मध्ये काठमाडौंका १९९ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, ललितपुरका १९ जना र भक्तपुरमा १४ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

अहिलेसम्म कोरोना निको भएर १९ हजार १ सय १९ जना घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना संक्रमण जितेर घर फर्किएका छन् । अहिले नेपालमा १५ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचार गराइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।