काठमाडौँ – ब्राजिलमा झुक्किएर दुई नवजात शिशुलाई कोभिड-१९को खोप लगाएको घटना बाहिरिएको छ । खोप लगाएपछि दुवै शिशुको स्वास्थ्य अवस्था बिग्रिएर ती शिशुलाई अस्पताल भर्ना गरिएको छ ।
२ महिनाकी र ४ महिनाको शिशुलाई डिप्थेरिया, टिटानस, खोकी र हेपाटाइटिस बी विरुद्धको खोप लगाउन पर्नेमा एक नर्सले फाइजरको खोप लगाइ दिएकी थिइन। दुबै बच्चाहरूलाई फाइजर भ्याक्सिनको गम्भीर रियाक्सन देखिएपछि अस्पतालमा भर्ना गरिएको हो ।
ती शिशुलाई कोरोनाको खोप खुवाउने नर्सलाई जागिरबाट निष्काशित गरिएको छ । यसका साथै प्रशासनिक छानबिनका लागि पनि निर्देशन दिइएको छ । फाइजर खोप धेरै देशहरूमा ५ वर्ष मुनिका बालबालिकाका लागि स्वीकृत गरिएको छ। -एजेन्सी