राति बैठक बस्नु धाँधलीको संकेत : एमाले उपाध्यक्ष भीम रावल

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष डा। भीम रावलले सौराहामा जारी पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा धाँधलीको संकेत देखिएको बताएका छन्।

 दिनभरि बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र पार्ने र संस्थागत छलफल नगरी राति ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक मात्र होइन धाँधलीको संकेत पनि होु सामाजिक सञ्जाल ट्विटरमा केहीबेरअघि उल्लेख गरेका छन्।

एमाले अध्यक्ष ओलीले पदाधिकारी तथा केन्द्रीय समिति सर्वसम्मत गर्न बोलाएको छलफलमा उपस्थित नभएका रावलले प्रतिनिधिहरूसँग मत मागेका थिए।

यसैबीच उनले ट्विट गर्दै नेतृत्व चयनमा धाँधलीको संकेत देखिएको उल्लेख गरेका हुन्।

उनले ट्विटमा अगाडि लेखेका छन् यसले जनताको बहुदलीय जनवादअन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्छ।