सुर्खेत – देश भर नेकपा माओवादी केन्द्रको पालिका स्तरिय सम्मेलन सुरु भएको छ ।
कर्णाली प्रदेशका ७९ वटा पालीका मध्य सुर्खेतको बराहाताल गाँपालिकामा पनि माओवादी केन्द्रको दोस्रो सम्मेलन बड्डिचौर सुर्खेतमा सुरु भएको छ ।
आज भएको उद्धघाट्न सत्र मा बराहताल गाउँपालिका १० वटै वडा बाट उल्लेख्य प्रतिनिधि को सहभागीता भएको थियो । कार्यक्रम का प्रमुख अतिथि नर बहादुर बिष्ट ले सम्मेलन पुर्ण सफलताको शुभकामना दिदै आउने नेतृत्व जोस जागर युक्त पाटी प्रती पुर्ण समर्पित हुनेमा आशावादी रहेको बताउनु भयो । कार्यक्रमका विषेश अतिथि माननीय बिन्दमान बिष्ट ले उद्धघाटन समाहोरो लाई सम्बोधन गर्दै सम्मेलनको पुर्ण सफलता को शुभकामना दिनुभएको थियो । अब गाउँ नगर बाटै माओवादी केन्द्र लाई बिजय गराउन कार्यकर्ता लाई विशेष अपिल गर्दै पालिकाले कुसल नेतृत्व पाउनेमा आशावादी रहेको बताउनु भयो। बल बहादुर कठायत ञ विवसझ को अध्यक्षतामा भएको उद्घाटन सत्रमा बराहताल गाउपालिका का प्रतिनिधि ,एकीकृत अखिल नेपाल शिक्षक महासंघ कर्णाली प्रदेशका सह(अध्यक्ष नन्दराम गुरुङ , सुर्खेत जिल्ला समन्वय समिति अध्यक्ष नर बहादुर बिष्ट , प्रदेश परिषद सदस्य बिर्ख सिजापती , जिल्ला समन्वय समिति सदस्य डम्बर सुनार लगाएत का नेताको उपस्थिति थियो । साथै कार्यक्रमको बन्द सत्रले बल बहादुर कठायत विवसको अध्यक्षतामा ५५ सदस्य बराहताल गाउँपालिका कमिटी गठन गरेको छ ।