एमाले महाधिवेशन : रावलपछि भुसालको उम्मेदवारी घोषणा तयारी

काठमाडौं – एमाले उपाध्यक्ष भीम रावलले दशौं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै उपमहासचिव घनश्याम भुसालले पनि उम्मेदवारी घोषणाको तयारी गरेका छन् । निकट स्रोतका अनुसार भुसालले आफ्ना पक्षका नेता कार्यकर्ताहरूसँगको छलफलपछि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका हुन् । त्यसअघि उनले पार्टीका केही नेता, महाधिवेशन प्रतिनिधि, शुभचिन्तक र समर्थकहरूसँग कुराकानी गर्ने जनाइएको छ ।

उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेकाले सो पदबाहेक अन्य पदमा उम्मेदवारी दिन भुसाललाई सुझाव आएको उनी निकट नेताहरुको भनाइ छ । ‘विभिन्न जिल्लाबाट उम्मेदवारी घोषणा गर्न सुझाव आइरहेको छ । सोही सुझावअनुसार उम्मेदवारी दिने लगभग निश्चित छ’ भुसालनिकट एक नेताले भने, ‘तर कुन पदमा उम्मेदवारी दिने भन्ने अहिले नै निश्चित भैसकेको छैन । सम्भवत मंगलबारसम्म टुंगो लाग्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *