उषा र लोमुशको ‘एक बचन बोल्दैमा’ गीत सार्वजनिक

गायक सुदिप कुमार थकालीको नयाँ गीत ‘एक बचन बोल्दैमा’ सार्वजनिक गरिएको छ । तामाङ सेलो शैलीमा आधारित यो गीतमा आँशु लामाको शब्द तथा संगीत छ । राम केसीले छायांकन गरेको यो भिडियोलाई टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका हुन् ।

यो गीतको भिडियोमा मोडलद्धय उषा उप्रेती र लोमुश शर्माविचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ ।