सुर्खेतमा काँग्रेस पालिका अधिवेशन :  महामन्त्री खड्का ८ पालिकामा  विजयी  थानी समूह एकमा सीमित

सुर्खेत – नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत सुर्खेतका पालिकाहरुमा पदाधिकारी चयन भएका छन् । ९ वटा स्थानीय तह रहेको सुर्खेतका ८ वटा पालिकामा संस्थापन पक्ष निर्वाचित भएको छ । संस्थापन इत्तर पक्षले एउटा पालिकामा मात्र विजयी भएको छ ।

सुर्खेतमा संस्थापन पक्षका नेता काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का र इत्तर पक्षका नेता हृदयराम थानीबीच प्रतिस्पर्धा हुने गरेको छ । तर पालिकाको पदाधिकारी छनोटमा महामन्त्री खड्का हाबी भएका छन् । यसपटक थानी पक्ष निकै कमजोर देखिएको छ ।

केन्द्रमा महामन्त्री खड्का सभापति शेरबहादुर देउवा र थानी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा रहेका छन् । थानी पक्षले चौकुने गाउँपालिकामा मात्र विजयी प्राप्त गरेको छ ।

पालिकामा विजयी भएकाहरु

गुर्भाकोट नगरपालिका : हस्त पुन (देउवा पक्ष)

लेकबेशी नगरपालिका : उमेश पौडेल (देउवा पक्ष)

भेरीगंगा नगरपालिका : राम वहादुर सिंह (देउवा पक्ष)

वीरेन्द्रनगर नगरपालिका :उपेन्द्र खड्का (देउवा पक्ष)

पञ्चपुरी नगरपालिका :कृपाराम थापा (देउवा पक्ष)

सिम्ता गाउँपालिका : वीरेन्द्र रावत (देउवा पक्ष)

चिङ्गाड गाउँपालिका : डोरप्रसाद शर्मा(देउवा पक्ष)

बराहताल गाउँपालिका : भीम भण्डारी (देउवा पक्ष)

चौकुने गाउँपालिका : नरबहादुर वान्तोला (पौडेल पक्ष)