एजेन्सी – आँधीका कारण सडक र रेल सञ्जालमा अवरोध उत्पन्न हुँदा क्यानडाको पश्चिमी प्रान्त ब्रिटिश कोलम्बियामा संकटकाल घोषणा गरिएको छ ।
विपद्बाट प्रभावित त्यस क्षेत्रका बासिन्दाको सहायताका लागि क्यानडाका सुरक्षाकर्मी परिचालन गरिएको छ । उक्त क्षेत्रमा आइतबार राति ठूलो तुफान आएको थियो । त्यसबाट हजारौं सर्वसाधारण प्रभावित भएका छन् ।
प्रधानमन्त्री जस्टिन ट्रुडोले आँधीबाट प्रभावित भएकाहरूलाई पर्याप्त राहत दिने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले सेनाले पुनर्निर्माणका लागि सहयोग गर्ने पनि बताएको बीबीसीले जनाएको छ ।
पहिरोमा परेर एक जना महिलाको ज्यान गएको छ भने दुई जना हराइरहेका छन् । सो क्षेत्रबाट स्थायीलाई सुरक्षित स्थलमा सारिएको छ ।
आँधीका कारण केही पहाडी क्षेत्रका सहरहरूसँग सम्पर्क टुटेको बताइएको छ । क्यानडाको सबैभन्दा ठूलो बन्दरगाह भ्यानकुभरसम्म पुग्ने सडक पनि अवरुद्ध भएको छ ।
संकटकालीन अवस्थाले अधिकारीहरूलाई सडक र रेल सेवालाई पुनः सुरु गर्न थप दवाव परेको बताइएको छ ।