सुर्खेतको वीरेन्द्रनगरमा १० हजार दर्शक क्षमताको प्रदेश रंगशाला निर्माण हुने

कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा १० हजार दर्शक क्षमताको प्रदेश रंगशाला निर्माण हुने भएको छ ।
यसका लागि निर्माण कम्पनी र कर्णाली प्रदेश खेलकुद विकास परिषदबीच आइतबार सम्झौता भएको छ ।
प्रदेश सरकारले प्रदेश गौरवको योजनाका रुपमा घोषणा गरेको प्रदेश रंगशाला निर्माणको आइतबारदेखि सुरु भएको हो ।
काठमाडौंको कान्तिपथमा रहेको निर्माण कम्पनी एमएसीजीले रंगशाला निर्माणको ठेक्का लिएको छ ।