डोल्पामा जंगली च्याउ खाँदा ४ जना गम्भीर बिरामी

काठमाडौं – जंगली च्याउ खाँदा डोल्पाको ठूलीभेरी नगरपालिकामा ४ जना गम्भीर बिरामी भएका छन् ।

आइतबार साँझको खानासँगै जंगली च्याउ खाएका ठूरीभेरी नगरपालिका–७, का ३३ वर्षका उत्तमबहादुर शाही, ३१ वर्षका सुर्यबहादुर साही, वडा नम्बर ८ का ३३ वर्षका कमलबहादुर शाही र वर्ष ४४ को सत्यबहादुर शाही गम्भीर बिमारी परेकाे प्रहरीले जनाएको छ ।

आइतबार साँझ नै उनीहरु बिरामी परे पनि प्रहरीले सोमबार विहानमात्र खबर पाएको थियो । ‘आज विहान खबर आएपछि प्रहरी चौकी मागफाल प्रहरी सहायक निरीक्षक कृष्ण तिरुवाको कमाण्डमा ७ जनाको टोलि घटास्थलतर्फ गएको थियो ।

त्यहाँ पुग्न ३ घण्टा पैदल हिड्नु पर्छ’ डोल्पाका प्रहरी प्रमुख डीएसपी नारायण रञ्जितकारले भने, ‘त्यसपछि सहजीकरण भयो अहिले हेलिकप्टरबाट उद्दार गरिएको छ ।’

सिम्रिक एयरको हेलिकप्टरले बिरामी ४ जनालाई सुर्खेत ल्याएको छ ।अनलाइनखबर ।