दैलेखमा सुविधा सम्पन्न योग भवन निर्माण

सुर्खेत -­ नारायण नगरपालिका दैलेखमा सुविधा सम्पन्न योग भवन निर्माण गरिएको छ । निर्वाचन क्षेत्र विकास कार्याक्रम अन्तरगत छुट्याएको ५० लाख लागतमा योग भवनको निर्माण कार्य सम्पन्न गरिएको हो । उक्त योग भवन नारायण नगरपालिकासंगको सहकार्यमा बिच बजारमा रहेको गणेश मन्दिरको हाता भित्र निर्माण गरीएको हो ।
गत शनिबार योग भवनको उद्घाटन गर्दै कर्णाली प्रदेश सभाका सदस्य अम्मर बहादुर थापाले गाउँले जिवन देखि मानिसहरु सहरीया बन्दै गएको र सहरमा सुविधा खोज्दै जादा काम गर्न छोडे पछी ब्याम , कसरत नहुने भएकोले सरिरमा अनेक किसिमका रोगहरु लाग्ने सक्ने सम्भावनालाई ध्यानमा राख्दै मानिसको जिवनशैलीसंगै शारिरिक ब्यामको आवश्यक पर्ने हुदाँ दैलेखमा योग भवन निमार्ण गरीएको बताए ।
भवन निर्माण सुरु भएपछी कोरोनाले मानिसको जनजिवन प्रभावित बनाईरहेको थियो । योग प्रशिक्ष शंकर थाले भने, यसै बिचमा जसरी पनि योग भवन निर्माण गर्नुपर्ने चुनौति आएको थियो । आफुहरुले चुनौती सामना गर्दै समयमानै योग भवनको निर्माण कार्य सम्पन्न गरेको बताए ।

भवन निर्माण गर्दै गर्दा जिल्लामा लकडाउन भएकाले निर्माण सामाग्री पु¥याउन समस्या भए पनि भवन जिल्लामै उत्कृष्ट बनेको योग भवन निर्माण समितिका अध्यक्ष कृष्ण श्रेष्टले बताइन् ।
उनका अनुसार, ‘नारायण नगरपालिकाले ५० लाखमा योग भवन निर्माण गर्नुपर्ने गरी उपभोक्ता समितिलाई जिम्मा दिए पनि योग भवन भने ४० लाखमै सम्पन्न भएको हो ।’

४० लाखमा निर्माण कार्य सम्पन्न भए पछी बचेको १० लाखले भवन रङ्गरोगन तथा योग गर्नको लागि आवश्यक साउण्ड सिस्टम, ब्याकप, कारपेट सहितको सुविधा सम्पन्न बनाउन सफल भएको उपभोक्ता समितिले बताएको छ ।