कैलालीमा चक्कु प्रहारबाट एक जनाको मृत्यु

काठमाडौं – कैलाली झगडाको क्रममा चक्कु प्रहार हुँदा एक जनाको मृत्यु भएको छ । कैलालीको भजनी नगरपालिका–३ ठेकीपुर बस्ने १८ वर्षीय किरण साउदले चक्कु प्रहार गर्दा टिकापुर नगरपालिका–८ कालीमाटी बस्ने १८ को अनुप साउदको मृत्यु भएको हो ।

शुक्रबार राति टिकापुर नगरपालिका–८ कालिमाटी क्षेत्रमा यी दुईबीच समान्य सामान्य विवादका क्रममा किरण साउदले अनुप साउदलाई चक्कु प्रहार गरेका प्रहरीले जानकारी दिएको छ । घाइते अनुपको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनामा संलग्न किरण साउदलाई इलाका प्रहरी कार्यालय टीकापुरले पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।