नेपालको महिला र पुरुष दुबै भलिबल टोलीले सेन्ट्रन जोन प्रतियोगिता खेल्ने

फाइल तस्बिर 

काठमाडौं – नेपाली महिला पुरुष भलिबल टोलीले बंगलादेशमा हुने एसियन सेन्ट्रल जोन पुरुष र महिला भलिबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।

नेपाल भलिबल संघले शुक्रबार राति बंगलादेशको ढाकामा डिसेम्बर २१ देखी २९ सम्म हुने प्रतियोगितामा नेपालका महिला र पुरुष दुबै टोलीले प्रतिस्पर्धा गर्ने जनाएको थियो ।

राजधानी ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन पुरुष तथा महिला पुरुष तथा महिला प्रतियोगितामा नेपालले सहभागिता जनाउने भएको छ ।

नेपाल भलिबल संघले कोभिड–१९ महामारीका कारण २०२० देखी एसियन सेन्ट्रल जोनको क्यालेन्डरमा असर गरेको भए पनि यस प्रतियोगिता आयोजना गर्न लागेकोमा बंगलादेश भलिबल संघलाई धन्यवाद दिएको छ ।

‘‘बंगलादेशको ढाकामा हुने एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागिता जनाउने पक्का भएको छ,’’ भलिबल संघले भनेको छ, ‘‘त्यसका लागि हामी चाडोभन्दा चाडो महिला र पुरुष भलिबललाई बन्द प्रशिक्षणमा राख्नेछौं ।’’