पाकिस्तानको लगातार दोस्रो जित

एजेन्सी – विश्वकप टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानले न्युजिल्याण्डलाई ५ विकेटले हराएको छ । गएराती युएईको सारजहाँमा भएको खेलमा पहिले व्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनायो ।

न्युजिल्याण्डका ड्यारिल मिचेल र डेभोन कोनवेले समान २७ रन बनाउँदा पाकिस्तानमा हरिस राउफले ४ विकेट लिए । जवाफमा १ सय ३५ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा ग¥यो । उसका लागि मोहोमद रिजवानले सर्वाधिक ३३ रन बनाए ।

लगातार दोस्रो जितसँगै पाकिस्तानले सेमिफाईनलमा पुग्ने संभावना बलियो पारेको छ । समुहमा अब पाकिस्तानले अफ्गानिस्तान, नामिबिया र स्कटल्याण्डसँग खेल्न बाँकी छ ।

टी–ट्वान्टी विश्वकपकै अर्को खेलमा दक्षिण अफ्रिकाले वेष्ट इंडीजलाई ८ विकेटले हराएको छ । दुबइमा भएको खेलमा वेष्ट इंडीजले दिएको १ सय ४४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८ ओभर २ बलमा २ विकेट गुमाएर पुरा ग¥यो ।

लगातार दोस्रो हारसँगै साविक विजेता वेष्ट इंडीजको सेमिफाईनल पुग्ने संभावना कमजोर बनेको छ । विश्वकप क्रिकेटमा आज पनि दुई खेल हुनेछन् । पहिलो खेलमा बंगलादेश र इंग्ल्याण्ड भिड्दा दोस्रो खेलमा नामिबियाले स्कटल्याण्डसँग खेल्नेछ ।