नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४९ पुग्यो

काठमाडौं—कोरोनाबाट थप ३ जना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको जनाएको हो ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीकी ३३ वर्षीया महिला रहेका छन् ।

आइतबार थप ३ जना मृतक थपिएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ४९ पुगेको छ।