कर्णालीमा थपिए १५ जना संक्रमित

देशभर ६३४ थपिए

सुर्खेत -पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल सुर्खेतको पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ४ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ३ जना, दैलेख अस्पताल दैलेखमा २ जना र चौरजहारी नगरपालिका पिसिआर रुकुम पश्चिममा गरिएको परीक्षण ६ जना थपिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सुर्खेतले जनाएको छ । हालसम्म कर्णाली प्रदेशमा संक्रमित हुनेहरुको संख्या २ हजार २४० पुगेको छ ।
महाशाखाका अनुसार २४ जना डिस्चार्ज भएका छन् । हालसम्म कर्णाली प्रदेशमा डिस्चार्ज हुनेको संख्या १ हजार ९६९ रहेको छ । महाशाखाका अनुसार कर्णालीमा सक्रिय विरामीको संख्या २६५ रहेको छ ।
यसैगरि ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् ।